+

एनपीएलको प्लेअफ समीकरण रोमाञ्चक, कुन टिम होडमा?

२०८१ मंसिर  ३० गते १८:५८ २०८१ मंसिर ३० गते १८:५८

सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राईनोजले कम्तीमा प्लेअफमा स्थान पक्का गरिसकेको छ। अनि प्लेअफ होडमा कर्णाली याक्स र काठमान्डु गुर्खाज छन् ।

एनपीएलको प्लेअफ समीकरण रोमाञ्चक, कुन टिम होडमा?

३० मंसिर, काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) लिग चरणको अन्तिम खेल बाँकी हुँदासम्म पनि प्लेअफ पुग्ने चार टोलीको टुंङ्गो अझै लागेको छैन ।

शीर्ष चारमा कुन-कुन टिम पर्छ, कुन टीमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ला? एलिमिनेटरमा कुन-कुन टिम भिड्ला? सबैको चासोको विषय बनेको छ । तर समीकरण भने अझै टुङ्गो लागेको छैन ।

सोमबार हुने सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीचको खेलपछि मात्रै यो सबै प्रश्नको जवाफ पाइनेछ र समीकरण टुङ्गो लाग्नेछ ।अहिलेसम्म निर्णय भएको कुरा के हो भने सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स र चितवन राईनोजले कम्तीमा प्लेअफमा स्थान पक्का गरिसकेको छ। अनि प्लेअफ होडमा कर्णाली याक्स र काठमान्डु गुर्खाज छन् ।

कर्णालीले अन्तिम लिग खेल सोमबार खेल्नेछ भने काठमान्डुले लिगको सबे खेल खेलिसकेको छ। अहिलेको अवस्थामा दुवै टिमको समान ८ अंक छ । नेट रनरेटमा कर्णाली अघि छ । काठमान्डु पाँचौ स्थानमा छ । आइतबार विराटनगर किंग्सलाई हराएपछि काठमान्डुले पनि प्लेअफ सम्भावना कायम राखेको हो । कर्णालीको नेटरनरेट ०.०९५ छ भने काठमान्डुको -०.३२१ छ ।

पोखरा एभेन्जर्सलाई हराएको सुदूरपश्चिम १० अंक जोडर शीर्ष स्थानमा छ । नेट रनरेट राम्रो भएकोले सुदूर पश्चिमले शीर्ष दुईमा रहने सम्भावना बलियो बनाएको छ । सुदूरपश्चिमको नेटरनरेट २.१०० छ ।

६ खेल खेल्दा पाँचौ जित हात पारेको सुदूरपश्चिम १० अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । समान १० अंक भएपनि जनकपुर बोल्ट्स नेट रनरेटमा पछि रहँदै दोस्रोमा झरेको छ । जनकपुरको नेटरनरेट ०.१६४ छ ।

आजको जितपछि सुदूरपश्चिमले शीर्ष दुईमा रहेर पहिलो क्वालिफायर खेल्ने सम्भावना बलियो बनाएको छ ।

अब लिगको अन्तिम खेलमा सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।

अहिलेसम्म जनकपुरसँगै सुदूरपश्चिम र चितवन राइनोज तीन टिम प्लेअफमा स्थान निश्चित गरेका छन् ।

सोमबारको अन्तिम लिग खेलपछि प्लेअफ पुग्ने चौथो टोलीको टुङ्गो लाग्नेछ । कर्णालीले सुदूरपश्चिमविरुद्ध ठूलो अन्तरको हार टारेमा चौथो हुँदै प्लेअफमा पुग्नेछ ।

सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग ५५ रन भन्दा बढी अन्तरले हारेमा भने काठमान्डुले नेटरेनरेटमा कर्णालीलाई पछि पार्दै चौथो हुँदै प्लेअफमा पुग्नेछ ।
कर्णालीको लागि शीर्ष दुईमा पुग्ने सम्भावना पनि छ ।

त्यसका लागि सुदूरपश्चिमलाई आफू अनुकुल नतिजामा हराउनुपर्नेछ ।

एनपीएल प्लेअफ समीकरण
लेखक
गोविन्दराज नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय