+
+

पार्टी नेतृत्वविरुद्ध हुने ‘कुप्रचार’को जमेर प्रतिवाद गर्ने एमाले संकल्प

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते २०:१९

३० मंसिर, काठमाडौं । नेकपा एमालेको संगठन विभागले पार्टी र नेतृत्वविरुद्ध हुने कूप्रचारको जमेर प्रतिवाद गर्ने संकल्प गरेको छ ।

केन्द्रीय मुख्यालय च्यासलमा केन्द्रीय संगठन विभागले जिल्ला नेतृत्वमा रहेका तीन सय बढी नेताहरुलाई दुई दिने प्रशिक्षण कार्यक्रम गरेको थियो । प्रशिक्षण कार्यक्रम सकिएपछि जारी प्रेस विज्ञप्ति मार्फत् पार्टी नेतृत्वविरुद्ध हुने कूप्रचारको प्रतिवाद गर्ने संकल्प गरेको हो ।

‘यो कार्यशाला पार्टी र नेतृत्वविरुद्ध षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबीच स्थापित गर्ने संकल्प गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

अरु संकल्प भने संगठन विभागको कामसँग सम्बन्धित छन् । जसमा आगामी ३ चैतसम्म वडा केन्द्रीत अभियान चलाउने, ‘जनतासाँग जनसंगठन अभियान’ सञ्चालन गर्ने, चैतभित्र पार्टी सदस्यता नवीकरण गरिसक्ने लगायत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?