+
+

पेट्रोलको मूल्य बढ्यो, डिजल र मट्टीतेलको घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते २०:४७

३० मंसिर, काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो ।

त्यस्तै, डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ ।

इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ ।

निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजल र मट्टीतेलमा २ रुपैयाँ घटाइएको छ ।

खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५९ रुपैयाँ ५० पैसा पर्नेछ । यी स्थानमा डिजल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।

दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजल र मट्टीतेलको मूल्य १५० रुपैयाँ पर्नेछ ।

योसँगै तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १६२ रुपैयाँ पर्नेछ । यी क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?