+
+

‘फेरि रेशम फिलिली’ शिवरात्रीमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते २१:०४

काठमाडौं । फिल्म ‘फेरि रेशम फिलिली’को प्रदर्शन मिति तय भएको छ । निर्माताले आइतबार बेलुका पोस्टर सार्वजनिक गर्दै महाशिवरात्रीको अवसरमा फिल्म फागुन १४ गते रिलिज हुने घोषणा गरेका छन् ।

पोस्टरमा कलाकार विनय श्रेष्ठ र सुपुष्पा भट्टलाई उनीहरुको पात्र लुक्समा देख्न सकिन्छ । ९ वर्षअघिको हिट फिल्म ‘रेशम फिलिली’को यो दोस्रो श्रृंखला हो । दर्शकले श्रेष्ठलाई पहिलेकै भूमिकामा देख्न पाउनेछन् ।

सिनेमा आर्टको प्रस्तुति र भी मोसन पिक्चर्सको सहकार्यमा फिल्म बनेको हो । निरोज महर्जनको लेखन, निर्देशन रहेको फिल्मलाई रौनकविक्रम कँडेलले निर्माण गरेका हुन् ।

सहनिर्मातामा एनी थापा छिन् । कार्यकारी निर्माता सुरज बम ठकुरी छन् । नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायतको पनि अभिनय छ ।

फिल्मलाई सुसन प्रजापतिले छायांकन गरेका हुन् । निरोज महर्जन र आकाश बरालको पटकथा रहेको फिल्ममा कालीप्रसाद बाँसकोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत छ ।

अहिलेसम्म शिवरात्रीमा ‘फेरि रेशम फिलिली’सहित अन्य २ फिल्मले पनि प्रदर्शन मिति घोषणा गरेका छन्, जसमा ‘लाज शरणम’ र ‘मायावी’ पनि  छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?