+
+

ओलीले भने : विष्णु र शंकरको गुट छैन, पूर्वराष्ट्रपतिलाई गल लाउनुपर्दैन

केन्द्रीय संगठन विभागले मूख्यालय च्यासलमा गरेको कार्यशालालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले गुटबन्दी गर्न जरुरी नरहेको बताएका हुन् । ‘म पार्टीको अध्यक्ष हुँ, सबैको छहारी बनेको छु’ ओलीले भने, ‘सबै बराबर हुन्, अन्याय कसैलाई गरेको छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ३० गते २१:०७

३० मंसिर, काठमाडौं। प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटबन्दी नगर्न निर्देशन दिएका छन् ।

केन्द्रीय संगठन विभागले मूख्यालय च्यासलमा गरेको कार्यशालालाई आइतबार सम्बोधन गर्दै अध्यक्ष ओलीले कसैले गुटबन्दी गर्न जरुरी नरहेको बताएका हुन् । ‘म पार्टीको अध्यक्ष हुँ, सबैको छहारी बनेको छु’ ओलीले भने, ‘सबै बराबर हुन्, अन्याय कसैलाई गरेको छैन ।’

एक सहभागीका अनुसार ओलीले आफ्नो छहारीभित्र चलेको पार्टीमा कसैले गुनासो गर्ने अवस्था नहुने बताएका थिए । ‘मलाई भेट्दैनन् भन्ने गुनासो रहेँछ, तर मैले सकेसम्म भेट दिएको छु । भेट्नेहरुले फेसबुकमा फोटो राखेकै छन्’ ओलीले भने, ‘फोटो नखिचेका, फेसबुकमा नराखेकाहरुलाई पनि म उत्तिकै समान रुपले हेर्छु।’

यसपछि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलको नामै लिएर अध्यक्ष ओलीले बोलेका थिए । ‘विष्णु पौडेलको पनि गुट छैन, शंकर पोखरेलको नाममा पनि गुट छैन । मलाई भन्दा उहाँहरुले छैन नै भन्नु भएको छ’ अध्यक्ष ओलीले भने, ‘पूर्वराष्ट्रपतिलाई गल लाउन पनि जरुरी छैन ।’

अध्यक्ष ओलीले गुटबन्दी नगर्न र कसैको गुट नरहेको सम्बोधन गर्दा उपाध्यक्ष पौडेलले बोल्नै बाँकी थियो । महासचिव शंकर पोखरेलले अध्यक्ष ओलीले भन्दा पहिले बोलिसकेका थिए । तर पछि बोलेका उपप्रधान एवं अर्थमन्त्री समेत रहेका विष्णु पौडेलले यसबारे केही बोलेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?