+
+

गुल्मीको इस्मामा एक महिला मृत फेला

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते ९:४९

१ पुस, गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडानम्बर- ४ हुलमा एक जना महिला मृत फेला परेकी छन् । हुलस्थित उपल्लो गहते बस्ने ५० वर्षकी मीना दर्लामी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक ( डीएसपी ) शंकर पोखरेलले बताए ।

घरमा खाना खाएर सँगै सुतेका श्रीमान् शिव दर्लामीले राति पानी खान्छु भनेर माग्दा नभेटेपछि खोज्ने क्रममा घरको बलेनीमा मृत अवस्थामा देखेको बताएको प्रहरीले जनाएको छ । मृत्युको कुनै कारण नखुलेको डीएसपी पोखरेलले बताए ।

घटनाबारे थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक भुपेन्द्र थापाको कमान्डमा प्रहरी परिचालन भएको छ । मृतक महिलाको शव घटना स्थलमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?