
१ पुस, काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले ८.५५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।
कम्पनीको२७ मंसिरमा बसेको १३३ औं बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारसभा बोलाउने र सभाबाट पारित भएपछि सेयरधनीलाई बोनस सेयर वितरण गर्ने निर्णय गरेको छ । साधारणसभा २९ पुसमा काठमाडौंमा हुने तय भएको छ ।
कम्पनीका अनुसार चुक्ता पूँजी ५ अर्ब करोड २ करोड ७० लाखको ८.५५ प्रतिशतका दरले हुन आउने ४२ करोड ९८ लाख ८ हजार ५ सय रुपैयाँ बराबर बोनस सेयर तथा चुक्ता पूँजीको ०.४५ प्रतिशतले हुन आउने २ करोड २६ लाख २१ हजार ५ सय रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश साधारणसभाबाट पारित भएपछि वितरण गरिने छ ।
त्यसैगरी वार्षिक साधारणसभा प्रयोजनका लागि १७ पुस एक दिन कम्पनीको सेयर दाखिला खारेज कार्य बन्द रहने छ ।
रिक्त सञ्चालकमा गुप्ता नियुक्त
शिवम् सिमेन्ट लिमिटेडको रिक्त सञ्चालकमा सेयरधनी सुशील गुप्ता नियुक्त भएका छन् ।
कम्पनीको २७ मंसिरमा बसेको १३३औं बैठकले काठमाडौं महानगरपालिका–३२ का गुप्तालाई बाँकी कार्यकालका लागि सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया 4