+
+

कर्णाली प्लेअफमा, काठमान्डु बाहिरियो

कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्दा काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते ११:५१

१ पुस, काठमाडौं । कर्णाली याक्स नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा पुग्ने चौथो टोली बनेको छ । काठमान्डु गुर्खाज भने लिग चरणबाट बाहिरिएको छ ।

अहिले भइरहेको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली दिएको १०२ रनको लक्ष्य १३ ओभरभित्र पूरा गरेको भए काठमान्डु गुर्खाज प्लेअफमा पुग्ने थियो । तर, सुदूरपश्चिमले १३ ओभरमा लक्ष्य भेट्टाउन नसकेपछि कर्णाली याक्स अब प्लेखफ पुगेको हो ।

यो खेलमा जस्तो नतिजा आएपनि कर्णाली प्लेअफमा पुग्नेछ । यदी कर्णालीले सुदूरपश्चिमलाई १२ रन भन्दा बढी अन्तरले पराजित गरेमा जनकपुर बोल्ट्सलाई पछि पार्दै शीर्ष दुईमा पुग्नेछ ।

अन्य नतिजा आएपनि कर्णाली शीर्ष दुईमा पुग्ने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?