+
+

राजविराजमा रात्रिकालीन उडानको तयारी, आज परीक्षण हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १३:२४
राजविराज विमानस्थल कार्यालय ।

१ पुस, सप्तरी । सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडानको तयारी गरिएको छ । त्यसैका लागि आज साझ पाँच बजे बुद्ध एयरले काठमाडौं-राजविराज परीक्षण उडान गर्दैछ ।

दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीले गुनासो गरेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रालयको पहलमा बुद्ध एयरले रात्रिकालीन उडान पनि गर्ने तयारी गरेको हो ।

आज विमानस्थलमा जडान भएका लाइटका साथै  अन्य उपकरणहरुको परीक्षण हुने र सफल भए रात्रीकालीन उडान सञ्चालनमा आउने राजविराज विमानस्थल कार्यालयका प्रमुख ध्रुवराज श्रेष्ठले जानकारी दिए ।

यात्रुको चाप धेरै भएकोले उडान संख्या बढाउन गत असोज ५ मा सप्तरीको एक प्रतिनिधि मण्डलले मन्त्री पाण्डेसमक्ष आग्रह गरेको थियो । सप्तरी क्षेत्र नम्बर ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दिनेशकुमार यादव नेतृत्वमा कांग्रेस जिल्ला सभापति रामदेव साह, सचिव सनत मण्डल, नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवणकुमार देवसहितका प्रतिनिधि मण्डलले मन्त्रीसँग भेटेर दैनिक दुई उडानको व्यवस्था मिलाउन गरेको आग्रह गरेको थियो । त्यसैबेला मन्त्री पााण्डेले बुद्ध एयरसँग कुरा गरेर सेवा विस्तारका लागि पहल गरिने प्रतिबद्धता जनाएका थिए ।

विमानस्थल कार्यालयका प्रमुख श्रेष्ठका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहसहितको टोलीले साँझ आउने विमानलाई स्वागत गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?