+
+

ग्रामी विजेता विश्वचर्चित तबलावादक जाकिर हुसेनको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १२:२४

काठमाडौं । विश्वप्रसिद्ध भारतीय तबलावादक उस्ताद जाकिर हुसेनको निधन भएको छ । ग्रामी विजेता हुसेनको सोमबार बिहान निधन भएको उनको परिवारले जनाएको छ । ७३ वर्षीय हुसेन इडियोप्याथिक पल्मोनरी फाइब्रोसिसबाट पीडित थिए ।

उनी पछिल्लो दुई सातादेखि अमेरिकाको सान फ्रान्सिस्कोस्थित एक अस्पतालमा भर्ना भएका थिए । अवस्था बिग्रिएपछि उनलाई आईसीयूमा राखिएको थियो र त्यहीं उनको निधन भएको परिवारले जनाएको छ ।

हुसेनको जन्म ९ मार्च १९५१ मा मुम्बईमा भएको थियो । उनलाई सन् १९८८ मा पद्मश्री, २००२ मा पद्मभूषण र २०२३ मा पद्मविभूषण पनि प्रदान गरिएको थियो ।

हुसेन आफ्नो करिअरमा चार ग्रामी अवार्डबाट सम्मानित भएका थिए । सन् २००९ मा उनले पहिलो ग्रामी ‘ग्लोबल ड्रम प्रोजेक्ट’बाट उत्कृष्ट संगीत एल्बम जिते । सन् २०२४ मा उनले थप तीन ग्रामी जिते जसमा ‘पश्तो’बाट उत्कृष्ट ग्लोबल संगीत प्रदर्शन, ‘एज वी स्पिक’बाट बेस्ट कन्टेम्पररी इन्स्ट्रमेन्टल एल्बम र ‘दिस मोमेन्ट’को लागि उत्कृष्ट ग्लोबल म्युजिक एल्बम छन् ।

उनको निधनमा भारतीय राजनीतिज्ञ र बलिउड सेलिब्रेटीले शोक व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?