+
+

एनएमबीले ३ अर्बको ‘अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १२:२९

१ पुस, काठमाडौं । एनएमबी बैंक लिमिटेडले ३ अर्ब रुपैयाँ बराबरको ‘एनएमबी ८.२५ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने भएको छ ।

बैंक सञ्चालक समितिको २८ मंसिरमा ४७९औं बैठकले आर्थिक वर्ष २०८०/८१ को २९औं वार्षिक साधारणसभा २५ पुसमा गर्ने र प्रतिकित्ता १ सयका दरले ३ अर्ब बराबरको अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो ।

यो सेयर जारी भएपछि बैंकको चुक्ता पूँजी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सयबाट २१ अर्ब ३६ करोड ६७ लाख ५ हजार ९ सय रुपैयाँ पुग्ने बैंकले जनाएको छ ।

त्यसैगरी अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी भएपछि बैंकको अधिकृत पूँजी  २० अर्बबाट २५ अर्ब पुग्ने छ ।

११ पुस एक दिन वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकको सेयर दाखिल खारेज कार्य बन्द गर्ने निर्णय गरेको एनएमबी सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि नगद लाभांश तथा बोनस सेयर नदिने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?