+
+

महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १२:३१

१ पुस, काठमाडौं । महालक्ष्मी विकास बैंकले ७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंक सञ्चालक समितिको १ पुसमा बसेको ६१०औं बैठकले आर्थिक वर्ष २०८०/८१ सम्मको मुनाफा रकमबाट २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजी ४ अर्ब १७ करोड १३ लाख १८ हजार ६ सयको ७ प्रतिशतका दरले हुन आउने २९ करोड १९ लाख ९२ हजार ३ सय २ रुपैयाँ बराबर लाभांश घोषणा गरेको हो ।

बैंकका अनुसार चुक्ता पूँजीको ३ प्रतिशतले हुन आउने १२ करोड ५१ लाख ३९ हजार ५ सय ५८ रुपैयाँ बोनस सेयर दिइने छ । यो लाभांशमा लाग्ने कर प्रयोजनार्थ सहित हो ।

त्यसैगरी चुक्ता पूँजीको ४ प्रतिशतका दरले हुन आउने १६ करोड ६८ लाख ५२ हजार ७ सय ४४ रुपैयाँ नगद लाभांश दिइने बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?