+
+

चन्द्रागिरिमा मोटरसाइकल सडकबाट खस्यो, एक जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १३:०१

१ पुस, काठमाडौं। चन्द्रागिरि नगरपालिका–२ मसिनेस्थित सडकबाट करिब ७० मिटर तल मोटरसाइकल खसेको छ ।

बा ३३ प ३६८ नम्बरको मोटरसाइकल सडकबाट खस्दा चालकको मृत्यु भएको छ । मृत्यु हुने चालकमा धादिङको धुनिबेशी नगरपालिका–७ घर भएका २६ वर्षीय टिकाराम तामाङ छन् ।

आइतबार राति दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा ल्याइएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?