+
+

सानिमा माई हाइड्रोपावरले १० प्रतिशत बोनस सेयर दिने

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १३:१०

१ पुस, काठमाडौं । सानिमा माई हाइड्रोपावर लिमिटेडले १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ ।

कम्पनीको २४ मंसिरमा बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८०/८१ को वार्षिक साधारसभा २८ पुसमा बोलाउने र सभाबाट पारित भएपछि सेयरधनीलाई वितरणयोग्य सञ्चित खुद मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र बोनस सेयर बापत कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

त्यसैगरी समान उद्देश्य भएका अन्य कुनै उपयुक्त कम्पनीसँग गाभ्ने/गाभिने वा एकीकरण (मर्जर) गर्ने र यसका लागि नियम अनुसार आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?