
१ पुस, काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले २४ पुसमा दोस्रो वार्षिक साधारणसभा गर्ने भएको छ ।
कम्पनी सञ्चालक समितिको २७ मंसिरमा बसेको ४१८औं बैठकले काठमाडौं शंखमुलस्थित अनमोल क्याटरिङमा दोस्रो वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभामा आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को वार्षिक प्रतिवेदनमाथि छलफल हुनेछ ।
साधारणसभा प्रयोजनका लागि १८ देखि २४ पुससम्म कम्पनीको सेयर दर्ता किताब बन्द रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4