+
+

सभामुख भएपछि पत्रकारिताप्रतिको धारणा बदलियो : घिमिरे

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १३:२३

१ पुस, काठमाडौं । सभामुख देवराज घिमिरेले सभामुख भएपछि पत्रकारलाई हेर्ने आफ्नो धारणा बदलिएको बताएका छन् । सोमबार काठमाडौंमा ‘संसदीय पत्रकारिता अवधारणा र अभ्यास’ नामक पुस्तक विमोचन गर्दै सभामुख घिमिरेले यस्तो बताएका हुन् ।

‘जतिबेला म यो जिम्मेवारीमा आएँ । आएदेखि मैले संसदीय पत्रकारितालाई हेरिराखेको छु । यो हेर्दा पत्रकारका बारेमा आम रुपमा बाहिर जुन रुपमा टिकाटिप्पणीहरू, विश्लेषणहरू अथवा समाचार सम्प्रेषणका तरिकाहरूबाट मेरो जे धारणा बनेको थियो त्यस्तो होइन रहेछ भन्ने मैले महसुस गरेको छु,’ घिमिरेले भने ।

पत्रकारले धेरै जिम्मेवारीका साथ विषयको विशिष्टिकृत अवस्थालाई समेत ख्याल गरेर समाचार सम्पेष्ण हुने गरेको आफूले महसुस गरेको पनि उनले बताए । उनी भन्छन्, ‘धेरै जिम्मेवारीका साथ, विषयको विशिष्टिकृत अवस्थालाई बुझेर इमानदारिताका साथ, जवाफदेहिताका साथ धेरै मेहनत गरेर समाचार सम्प्रेषण गर्ने गरेको देख्छु । यो देख्दा मेरो हिजोको पत्रकारितासम्बन्धी बनेको धारणा भन्दा अलि फरक स्थितिमा मैले आफूलाई पाएको छु ।’

जेनरल पत्रकारिता भन्दा संसदीय पत्रकारिता विशिष्ठ काम भएको पनि उनले बताए । यो संसदीय व्यवस्था भएका अन्य मुलुकमा र नेपालमा पनि महसुस गर्न सकिने सभामुख घिमिरेको भनाइ छ ।

संसदका विशेषता के हुन, यसमा कसरी विशेषज्ञता हासिल गर्न सकिन्छ भन्ने सन्दर्भमा पत्रकारितामार्फत् खबरदारी भइरहेको र भइरहन अवश्यक रहेको पनि उनले बताए । संसदका विशेष अधिकारहरूलाई ठीक ढंगबाट अगाडि बढाउने सन्दर्भमा समेत पत्रकारले मेहनत गर्ने गरेको आफ्नो अनुभव रहेको सभामुख घिमिरे सुनाए ।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले संसदमा रिर्पोटिङ गर्ने पत्रकारलाई पदेन सदस्यको रुपमा स्थान दिएको र त्यसको महत्त्व रहेको पनि उनले स्मरण गरे ।

‘संविधान सभाका अध्यक्ष सुवास नेम्वाङले पत्रकारहरूलाई उहाँहरू पदेन सांसदहरू हो भन्नुहुन्थ्यो त्यो म सम्झिरहेको छु । पत्रकारहरूले सांसदले खेलेका भूमिका दिनप्रतिदिन देखिरहनुभएको छ । उहाँहरु निर्वाचित भएर त्यो पदमा नआएता पनि पदेन रुपमा संसदको हितमै भूमिका हुन्छ भन्नुहुन्थ्यो । त्यो मलाई अहिले याद भइरहेको छ,’ सभामुख घिमिरेले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?