+
+

सुनसरी र चितवनबाट १ सय २६ केजी गाँजासहित दुईजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १३:३७

१ पुस, काठमाडौं । सुनसरी र चितवनबाट करिब १ सय २६ केजी गाँजासहित २ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१७ बाट १ सय २३ किलो ३ सय ९० ग्रामसहित एक जना र चितवनको रत्ननगर नगरपालिका–१० निपनी चोकबाट २ किलो ८ सय ६४ ग्रामसहित एक जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय धन बहादुर भण्डारी र रत्ननगर–१० बस्ने ४६ वर्षीय सरद लम्साल रहेका छन् ।

भण्डारीलाई प्रदेश १–०२–००२ ह १६५५ नम्बरको अटोलाई जाँच गर्ने क्रममा प्रहरीले गाँजासहित पक्राउ गरेको हो ।

त्यस्तै, लम्साललाई रत्ननगर टाँडीबाट पक्राउ गरिएको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?