+
+
नक्कली शरणार्थी प्रकरण :

बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १६:१९

१ पुस, काठमाडौं । उच्च अदालत पाटनले नक्कली शरणार्थी प्रकरणमा मुछिएका बेचन झालाई थुनामै पठाउन आदेश गरेको छ ।

जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनमाथिको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरेको हो ।

झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।

न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले झाका साथै प्रतिक थापालाई पनि थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।

दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?