+
+

दयाहाङ र आँचल अभिनित ‘दु:खी आत्मा’को पोस्टर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १६:५०

काठमाडौं । दीपेन्द्र लामा लिखित तथा निर्देशित फिल्म ‘दु:खी आत्मा’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । विभिन्न तीन डिजाइनका पोस्टरमध्ये एउटामा दयाहाङ राई मात्रै फिचर्ड छन् ।

अर्कोमा उनी सहकलाकार आँचल शर्मासँग रोमान्टिक भावमा देखिन्छन् । अर्को एक पोस्टरमा भने दयाहाङ, आँचलका साथमा अनुपविक्रम शाही, बुद्धि तामाङ, रेअर राई, लोकेन्द्र लेखक र आशान्त शर्मा प्रस्तुत छन् ।

फागुन २ गते रिलिज हुने तयारीमा रहेको फिल्मको पोस्टरले दर्शकमा थप कौतुहलता जगाउने देखिन्छ । क्लक वर्क क्रिएसनको ब्यानरमा हिमाल कडरियाको निर्माण, सुदीप ढकाल कार्यकारी निर्माता रहेको फिल्ममा श्रवण मुकारुङका विभिन्न १० वटा पेचिला कविता पनि समेटिएको छ ।

निर्देशनको हिसाबले ‘दु:खी आत्मा’ निर्देशक लामाको छैटौं फिल्म हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘छ माया छपक्कै’, ‘दुई नम्बरी’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् ।

‘बाहिर हामी सबैको मुहार हँसिलो देखिएपनि भित्रभित्रै कति दुःखी भइरहेका हुन्छौं, त्यही अवस्थालाई प्रतीकात्मक रुपमा पर्दामा उतार्न खोज्दैछौं’ निर्देशक लामाले भने, ‘फिल्मले मानवीय स्वभावका विभिन्न आयाम प्रस्तुत गर्ने विश्वास लिएको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?