
हारिसकें आफ्नै जीवनदेखि म हारिसकें
मारिसके मलाई आफन्तैले मारिसके
अलिअलि माया गर्ने एउटा तिमी थियौ
तिमीले पनि नसोचेकै पीडा मात्रै दियौ
गायक प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको नयाँ गीत ‘हारिसकें’का शब्द हुन् यी । प्रेमपीडा अभिव्यक्त गर्ने यो गीतमा बादल घिमिरेको शब्द र ऋषि खड्काको संगीत छ । एरेन्ज विशाल निरौलाले गरेका हुन् ।
निकेश खड्का निर्देशित गीतको भिडियोमा पूजा शर्मा, बादल घिमिरे र कृष्ण पोखरेल फिचर्ड छन् । भिडियोमा प्रेमिल पल र बिछोडको पीडाको कथा प्रस्तुत गरिएको छ ।
भिडियोमा उत्तम हुमागाईंको छायांकन र विकास धमलाको सम्पादन छ । ड्रोन भिडियो विशाल सापकोटाले गरेका छन् ।
गीत ‘कृष्ण पोखरेल अफिसियल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।
प्रतिक्रिया 4