+
+

कुनैपनि पार्टीसँग एकता गर्ने सम्भावना छैन : एकीकृत समाजवादी

उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १८:०५

१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले तत्काल कुनैपनि पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको छ ।

उपाध्यक्ष एवं प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार स्थायी कमिटी बैठकले अहिले कुनै पार्टीसँग एकताको सम्भावना नरहेको निष्कर्ष निकालेको हो ।

‘सबैसँग सहकार्य गर्न तयार छौं, तर कुनै पार्टीसँग एकता गर्ने संभावना नरहेको जानकारी गराउँछौ’, खतिवडाले भने ।

भोलि सकिने स्थायी कमिटीले तत्काल कुनै पार्टीसँग एकता संभावना नरहेको निर्णय गर्ने उनले बताए । माओवादी केन्द्र सहितको समाजवादी मोर्चामा एकीकृत समाजवादी रहेकाले बेलाबेला पार्टी एकताको चर्चा हुने गरेको छ ।

तर त्यस्तो चर्चाको खण्डन हुनेगरी एकीकृत समाजवादीले तत्काल कुनैपनि कम्युनिष्ट पार्टीसँग एकताको संभावना नरहेको निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?