+
+

प्रहरी निलम्बनको अवधि ३ महिना बनाइँदै

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १८:३८

१ पुस, काठमाडौं । प्रहरी निलम्बनको अवधि तीन महिना बनाउन लागिएको छ । विद्यमान प्रहरी नियमावली २०७१ अनुसार कुनै प्रहरी कर्मचारीलाई अभियोग लागेमा जाँचबुझ गर्न भन्दै ६ महिनासम्म निलम्बन गर्न सक्ने प्रावधान छ ।

तर, संसद्‌मा पेश हुन लागेको प्रहरी विधेयकमा भने तीन महिनाभन्दा बढी निलम्बन गर्न नमिल्ने उल्लेख गरिएको छ ।

कुनै प्रहरी कर्मचारीमाथि अभियोग लागेमा जाँचबुझ गर्नका लागि अख्तियारवालाले निलम्बन गर्न सकिने उल्लेख गरिएको छ । तर निलम्बनको अवधि भने तीन महिना भन्दा बढी नहुने प्रस्ताव गरिएको छ । जसकारण कुनै अभियोग लागेमा तीन महिनाभित्र छानबिन गरेर टुंग्याइसक्नुपर्ने हुन्छ ।

यदि तीन महिनाभित्र कारबाही किनारा नलगाएमा वा निलम्बन रहेकै अवस्थामा कुनै प्रहरी कर्मचारी नोकरीबाट अनिवार्य अवकाश पाएमा वा मृत्यु भएमा निलम्बन स्वतः फुकुवा भएको मानिने पनि विधेयकमा उल्लेख गरिएको छ ।

निलम्बन गर्नुपर्दा त्यसको आधार र कारण समेत प्रष्ट खुलाएर सम्बन्धित कर्मचारीलाई दिनुपर्ने हुन्छ ।

यदि फौजदारी कसुरमा कुनै प्रहरी कर्मचारी पक्राउ परी अदालतमा मुद्दा दर्ता भएको अवस्थामा भने त्यस्तो मुद्दा फैसला नभएसम्म स्वतः निलम्बनमा रहेको मानिने उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?