+
+

नेपालपे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्स्फर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १९:०३

काठमाडौं । डिजिटल कारोबारलाई प्रबर्द्धन गर्न मोबाइल नम्बरको आधारमा हुने नेपालपे इन्स्ट्यान्टको फन्ड ट्रान्स्फर निःशुल्क गरिएको छ ।

डिजिटल भुक्तानी पूर्वाधार स्थापना तथा प्रबर्द्धन गर्न १६ वर्ष पुगेको अवसरमा एनसीएचएलले ग्राहकका लागि यस्तो अफर ल्याएको हो ।

अब नेपालपे इन्स्ट्यान्टको सुविधा उपलब्ध रहेको बैंक तथा वित्तीय संस्थाका मोबाइल बैंकिङ ग्राहक तथा कनेक्टआईपीएस प्रयोगकर्ताले १६ पुससम्म नेपालपे इन्स्ट्यान्ट मार्फतविना शुल्क ३१ बैंक तथा वित्तीय संस्थामा फन्ड ट्रान्स्फर गर्न सक्नेछन् ।

नेपालपे इन्स्ट्यान्ट एक प्रोक्सीको आधारमा डाइरेक्ट क्रेडिट उपकरण हो । जसमा लाभग्राहीको भर्चुअल प्राइभेट एड्रेसको आधारमा फन्ड ट्रान्स्फर गर्न सकिन्छ जुन लाभग्राहीको मोबाइल नम्बर रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?