+
+

सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते १९:१४

१ पुस, काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाको सञ्चालक समितिको अध्यक्षमा डा. महेन्द्र विष्ट नियुक्त भएका छन् । अध्यक्षका लागि स्वीकृत भएका १० उम्मेदवारमध्येबाट विष्टलाई नियुक्त गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

डा. विष्ट नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष हुन् । उनले नेपाल टेलिभिजनको अध्यक्ष र न्यूनतम पारिश्रमिक निर्धारण समितिको अध्यक्षको जिम्मेवारीमा रहेर समेत काम गरिसकेका छन् ।

नियुक्ति सिफारिस गर्न गठित सिफारिस समितिले विष्टसहित दीपक पाठक, चिन्तामणि बराल, केदारनाथ कोइराला, सुवोध गौतम, शालिग्राम सुवेदी, रमेशकुमार खड्का, लक्ष्मण हुमागाईं, भुवनराज भट्ट र अच्युतमकुमार पोखरेललाई सिफारिस गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?