+
+

एकीकृत समाजवादीमा महासचिव भूसालको कार्य योजना प्रस्ताव पारित

नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले महासचिव घनश्याम भूसालको कार्य योजना प्रस्ताव पारित गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते २०:३५

१ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी समिति बैठकले महासचिव घनश्याम भूसालको कार्य योजना प्रस्ताव पारित गरेको छ ।

गत २६ मंसिरदेखि जारी स्थायी समिति बैठकमा महासचिव भूसालले ‘आन्दोलनद्वारा पार्टी निर्माण’ शीर्षकको कार्य योजना प्रस्ताव पेश गरेका थिए ।

भूसालको प्रस्तावमा सत्ता निर्माणको चलखेल अथवा मोर्चाबन्दी÷एकताको अलमलबाट अलग भएर पार्टी निर्माणका लागि आन्दोलनमा होमिनुपर्ने निष्कर्ष छ ।

‘अरु नेताहरुले पनि आ–आफ्ना सुझाव दिनुभएको छ । सबैको सुझाव समेट्नेगरी कार्य योजना पारित भएको छ’, महासचिव भूसालले भने ।

स्थायी समितिमा भोलिबाट नेताहरुको कार्य विभाजनमाथि छलफल हुनेछ । दशौं महाधिवेशनपछि एकीकृत समाजवादीमा नेताहरुको कार्य विभाजन हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?