+
+

राजविराजबाट रात्रिकालीन उडान परीक्षण, काठमाडौं उड्यो बुद्ध एयर

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष १ गते २२:०२

१ पुस, सप्तरी । राजविराज विमानस्थलबाट रात्रिकालीन विमान सेवा सञ्चालनका लागि परीक्षण उडान गरिएको छ । संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री बद्रीप्रसाद पाण्डेले सोमबार एक कार्यक्रमबीच परीक्षण उडानको उद्घाटन गरेका हुन् ।

राजविराजबाट काठमाडौं रात्रिकालीन विमान सेवा सञ्चालनबाट पर्यटनको विकास हुनुका साथै अर्थतन्त्र पनि बलियो हुने मन्त्री पाण्डेको भनाइ छ । भविष्यमा राजविराजदेखि पोखरा विमान सञ्चालन गर्ने उद्देश्यका साथ काम भइरहेको पनि उनले बताए ।

‘राजविराजवाट पोखरा विमान संचालनमा आए यसले पर्यटन विकासका साथै अर्थतन्त्रमा पनि टेवा पुग्नेछ,’ उनले भने ।

यसैबीच रात्रिकालीन परीक्षणका लागि राजविराजबाट उडेको बुद्ध एयरको विमानबाटै मन्त्री पाण्डे पनि काठमाडौंतर्फ लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?