+
+

रुसमा शरण लिइरहेका सिरियाका राष्ट्रपति असदले भने– यहाँ आउने योजनै थिएन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते ५:४९

२ पुस, काठमाडौं । सिरियाका पूर्वराष्ट्रपति बसर अल असदले सिरिया छाड्ने योजना नभएको बताएका छन् ।

विद्रोही एसटीएचका लडाकुहरु राजधानी दमास्कस प्रवेश गरेपछि राष्ट्रपति असद ८ डिसेम्बरको दिन देश छाडेर रुसको राजधानी मस्को पुगेका थिए । त्यसको एक हप्तापछि असदले विज्ञप्ति जारी गरी पूर्वयोजना विपरीत आफू मस्को आइपुगेको जिकिर गरेका हुन् ।

सुरक्षाका कारण दमास्कसमा सञ्चार सेवा अवरुद्ध गरिएकाले आफ्ना धारणा सार्वजनिक गर्न ढिलो भएको जिकिर गर्दै असदले भनेका छन्, ‘सिरिया छोड्ने मेरो कुनै योजना थिएन । न त अरुले दाबी गरेको जस्तो लडाइँको अन्तिम घण्टाको दौरान यो भयो । म आइतबार ८ डिसेम्बर २०२४ को दिन बिहान आफ्नो ड्युटी गरिरहेको थिएँ । जब आतंकवादी बल दमास्कसमा घुसे, म लताकिया गएँ ताकि त्यहाँबाट रुसी सहयोगीसँग युद्ध अभियानलाई हेर्न सकुँ ।’

हमिम एयरबेसमा रुसी सैन्य क्याम्पमा ड्रोन हमला तीव्र भएपछि रुसले नै हवाई मार्गबाट आफूलाई मस्को लैजाने निर्णय गरेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

उनी मस्को जाँदैै गर्दा उनी सवार प्लेन दुर्घटना भएको अफवाहसमेत फैलाइएको थियो ।

राष्ट्रपति असद मस्को गएपछि विद्रोहीहरुले राष्ट्रपति भवन कब्जा गरेर सिरिया स्वतन्त्र भएको घोषणा गरेका थिए ।

उनीहरुले प्रधानमन्त्री  अल बशिरलाई संक्रमणकालीन अवस्थाको सरकार सञ्चालन गर्न जिम्मा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?