
२ पुस, काठमाडौं । चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।
चिलिमे सञ्चालक समितिको १ पुसमा बसेको ४३८औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी ७ अर्ब ९८ करोड ३९ लाख २ सय ३ को हकमा नगद र बोनस सेयर गरी १२ प्रतिशत लाभांश घोषणा गरेको हो । यो भनेको ९५ करोड ८० लाख ७९ हजार ६ सय ६४ रुपैयाँ बराबर हुन्छ ।
कम्पनीका अनुसार १० प्रतिशतका दरले हुन आउने बोनस सेयर ७९ करोड ८३ लाख ९९ हजार ७ सय २० र २ प्रतिशतका दरले हुन आउने १५ करोड ९६ लाख ७९ हजार ९ सय ४४ रुपैयाँ बराबर नगद लाभांश दिइने छ । यो रकम बोनस सेयर र नगद लाभांशमा लाग्ने करसहित हो ।
त्यसैगरी कम्पनीको २८औं वार्षिक साधारणसभा २८ पुसमा हुने र सेयर दाखिला खारेज १६ पुस एकदिन हुने जनाइएको छ ।
प्रतिक्रिया 4