+
+

क्यान्सर पीडित न्यौपानेलाई ‘लाज शरणम्’ टिमको सहयोग

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १२:०१

काठमाडौं । फिल्म ‘लाज शरणम्’ टिमले क्यान्सर पीडित नवराज न्यौपानेलाई ५० हजार रुपैयाँ उपचार खर्च सहयोग गरेको छ ।

निर्देशक कुमार कट्टेल ‘जिग्री’, कलाकारहरु अर्जुन घिमिरे ‘पाँडे’, हरिश निरौला ‘क्रकोच’ लगायतले दुई वर्षदेखि क्यान्सरसँग जुधिरहेका न्यौपानेलाई उनकै निवासमा पुगेर सहयोग रकम हस्तान्तरण गरेका हुन् । उनीहरुले न्यौपानेलाई आत्मबल बढाउन हौसला समेत प्रदान गरे ।

सिन्धुपाल्चोकका न्यौपाने कुवेतमा काम गरिरहँदा ब्लड क्यान्सर देखा परेपछि दुई वर्षअघि नेपाल आएका थिए । अहिले उपचाररत न्यौपानेलाई आर्थिक अवस्था कमजोर भएकाले थप उपचारमा कठिनाइ भइरहेको छ । न्यौपाने साहित्य सिर्जना समेत गर्छन् ।

चर्चित टिभी सिरिज ‘सक्किगो नि’ टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ आगामी फागुन १४ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?