
२ पुस, काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघवित्त वित्तीय संस्था लिमिटेडले ७.८९४७ प्रतिशत लाभांश घोषणा गरेको छ ।
लघुवित्त सञ्चालक समितिको १ पुसमा बसेको १६५औं बैठकले आर्थिक वर्ष २०८०/८१ का लागि चुक्ता पूँजी १ अर्ब ३२ करोडको हकमा बोनस सेयर र नगद लाभांश गरी १० करोड ४२ लाख १० हजार ५ सय २६ रुपैयाँ बराबर कुल लाभांश दिने निर्णय गरेको हो ।
लघुवित्तका अनुसार ७.५ प्रतिशतका दरले हुन आउने बोनस सेयर ९ करोड ९० लाख र ०.३९४७२ प्रतिशतका दरले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ बराबर नगद लाभांश दिइने छ । यो रकम बोनस सेयर कर प्रयोजनका लागि हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4