
२ पुस, धनगढी । नेकपा एमाले जिल्ला कमिटी डोटीको अध्यक्षमा मन्जु मलासी विजयी भएकी छन् । अन्तिम मतपरिणामअनुसार मलासी २१५ मतसहित विजयी भएकी हुन् । उनका प्रतिद्वन्द्वी शेरबहादुर मल्लले १७१ मत मात्र प्राप्त गरे ।
यस्तै, उपाध्यक्षमा खगेन्द्र बडैला विजयी भएका छन् । बडैलाले १११ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी गणेश बहादुर विष्टले १०७ मत मात्रै ल्याए ।
उपाध्यक्षका अर्का उम्मेदवार लक्ष्मण मलासीले ९७ र चक्रबहादुर घर्तीमगरले ५८ मत पाएका छन् ।
सचिवमा पदमराज भट्ट २३७ मतसहित विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी धनबहादुर नेपालीले ११९ र झलक बहादुर पालीले ६८ मत ल्याएका छन् ।
उपसचिवमा डम्मर डाँगी र उपसचिव (महिला) मा बिस्ना सिंह विजयी भएकी छन् ।
डाँगीले १५२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी बम बहादुर विष्टले १२३, कृष्ण खड्काले ६७ र कृष्ण दर्लामीले ३४ मत पाएका छन् ।
उपसचिव(महिला) मा विजयी बिस्ना सिंहले २०८ मत पाउँदा उनकी प्रतिद्वन्द्वी शशी सोबले १४६ मत प्राप्त गरेकी छन् ।
एमालेको नयाँ नेतृत्व चयनका लागि मंसिर २८ र २९ गते जिल्ला अधिवेशन भएको थियो । सहमतिमै नेतृत्व चयन गर्ने प्रयास सफल नभएपछि मतदान भएको थियो ।
प्रतिक्रिया 4