+
+

‘सोल्टिनी’मा कलाकारको ‘लाइनअप’ पूरा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १३:१०

काठमाडौं । नेपाली फिल्म ‘सोल्टिनी’का लागि कलाकारको लाइनअप पूरा भएको छ । यसमा घरेलु फिल्मका चल्तीका कलाकारको बाक्लो उपस्थिति रहेको निर्देशक अर्जुन सुवेदीले जानकारी दिए ।

फिल्ममा प्रकाश सपुत, परीक्षा लिम्बू, विल्सनविक्रम राई, रविन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल र सुजन खतिवडाको अभिनय रहनेछ । अडिसनमार्फत छनोट भएकी सब्बु गुरुङले पनि यसमा शीर्ष भूमिका निर्वाह गर्नेछिन् ।

प्रकाशले ‘भीमसेन पोखरेल’ र सब्बुले ‘दिलासा राई’को भूमिका चित्रण गर्ने जनाइएको छ । पहिलोपटक एकसाथ देखिन लागेका यी दुई कलाकारको जोडीको केमेस्ट्री जम्ने निर्देशकको विश्वास छ ।

भोजपुरको रमणीय प्राकृतिक सौन्दर्यमा छायांकन हुने यस फिल्मले समाजमा व्याप्त अमानवीयता र जातीय विभेदविरुद्धको कथा पेश गर्नेछ । दुई प्रमुख पात्रबीचको प्रेम कथा पनि यसको मुख्य आकर्षण रहने जनाइएको छ ।

फिल्ममा प्रशान्त सिवाकोटी र हर्कुलेस बस्नेतले संगीत दिनेछन् । छायांकन सुसन प्रजापतिको रहनेछ । प्लानेट थ्री फिल्म्सको प्रस्तुति, नेपसिने र योलो इन्टरटेन्मेन्टको सहकार्यमा बन्न लागेको यो फिल्मको निर्मातामा रेजिना बिष्ट र संसार चौलागाईं छन् ।

आरआर फिल्म्सले नेपाल र नेपसिनेले विदेश वितरण गर्नेछन् । डिजिटल अधिकार एआर डिजिटलले खरिद गरेको छ । पुस १५ बाट छायांकन सुरु हुने फिल्मलाई २०८२ सालको असोज ३ गते संविधान दिवसको दिन रिलिज गर्ने लक्ष्य राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?