+

नेविसंघले माघमा ‘जय नेपाल कप’ टि–२० क्रिकेट आयोजना गर्ने

२०८१ पुष  २ गते १३:३९ २०८१ पुष २ गते १३:३९
नेविसंघले माघमा ‘जय नेपाल कप’ टि–२० क्रिकेट आयोजना गर्ने

२ पुस, काठमाडौं। नेपाल विद्यार्थी संघले ‘जय नेपाल कप’ टि–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

नेविसंघ प्रवक्ता सुरज सेजुवालले आगामी माघ देखि प्रतियोगिता सरु हुने बताए।

प्रतियोगिताको नारा ‘विश्वव्यापी उत्षणता र जलवायु परिवर्तन न्यूनीकरण गर्न साझा संकल्प’ रहेको छ ।

‘संसारका ८ मुख्य हिमशिखर अवस्थित नेपाल र नेपालका युवाले विश्व जगतलाई वातावरण संरक्षणको अपर्हिहार्यताका विषयामा खबरदारी गर्न प्रतियोगिताको आयोजना गर्न लागेका हौं,’ प्रवक्ता सेजुवालले भने।

प्रतियोगिताको ब्राण्ड एम्बेसडरका हिमाल आराही १८ वर्षीय निमा रिन्जी शेर्पालाई चयन गरिएको छ ।

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा र निमा रिन्जी शेर्पा बीच ब्राण्ड एम्बेसडर सम्झौतामा हस्ताक्षर भएको छ।

आरोही शेर्पाले प्रतियोगिताबाट कुनै शुल्क वा पारिश्रमिक नलिने गरी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

जय नेपाल कप टि–२० क्रिकेट नेविसंघ
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय