+
+

रुसको परमाणु सुरक्षा बल प्रमुखको हत्या, युक्रेनले हत्या गरेको दाबी

राष्ट्रपति भ्लादिमिर पुटिनको निकट साथी मानिने किरिलोभको हत्यापछि रुसमा हलचल मच्चिएको छ । आज मंगलबार भएको यो घटनाको अनुसन्धान गर्न रुसका अधिकारीहरु सक्रिय छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १४:२७

२ पुस, काठमाडौं । रुसको परमाणु सुरक्षा बल प्रमुख लेफ्टिनेन्ट जनरल इगोर किरिलोभको हत्या भएको छ ।

राजधानी मस्कोमा इलेक्ट्रिक स्कुटरमा लुकाएर राखिएको बम विष्फोटबाट उनको हत्या भएको हो ।

राष्ट्रपति भ्लादिमिर पुटिनको निकट साथी मानिने किरिलोभको हत्यापछि रुसमा हलचल मच्चिएको छ । आज मंगलबार भएको यो घटनाको अनुसन्धान गर्न रुसका अधिकारीहरु सक्रिय छन् ।

A view of the blast scene, which killed the commander of Russian armed forces' chemical, biological and radiation defence troops, Igor Kirillov, and his assistant, according to the Russian Investigative Committee, outside a residential building on Ryazansky Avenue in Moscow on December 17, 2024.

यो हत्यामा कसको हात छ भन्ने स्पष्ट भइसकेको छैन । तर यसमा युक्रेनको सेनाको हात हुन सक्ने आशंका छ ।

युक्रेनी मिडियाहरुले पनि किरिलोभको हत्यामा किभको सुरक्षा सेवाको हात रहेको दाबी गरेको छ । किभ इन्डिपिन्डेन्ट र समाचार एजेन्सी आरबीसी युक्रेनले स्रोतलाई उद्धृत गर्दै युक्रेनको सुरक्षा सेवा (एसबीयू)ले किरिलोभको हत्या गरेको जनाएका छन् ।

सन् २०२२ देखि लेफ्टिनेन्ट जनरल किरिलोभले युक्रेनले परमाणु जस्ता घृणित बम विकास गरिरहेको आरोप लगाउँदै आएका थिए । उनले विना प्रमाण युक्रेनविरुद्ध अभिव्यक्ति दिएको भन्दै युक्रेनी अधिकारी उनीप्रति रुष्ट थिए ।

बेलायतले गत अक्टुबरमा किरिलोभलाई प्रतिबन्ध घोषणा गरेको थियो । बेलायतले उनलाई ‘रुसी दुष्प्रचारको महत्वपूर्ण मुखपत्र’को संज्ञा दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?