+
+

ललितपुरलाई देशकै सबैभन्दा सफा शहर बनाउन चाहन्छौं : मेयर महर्जन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १७:००

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन बनाउन चाहेको बताएका छन् ।

मंगलबार महानगरको स्थापना दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्ने क्रममा उनले प्राकृतिक विपद्को सामना गर्ने सवालमा नेपालकै उत्कृष्ट पालिका हुनेगरी काम भइरहेको पनि बताए ।

‘हामी ललितपुर महानगरपालिकालाई नेपालको सबैभन्दा सफा शहर बनाउन चाहन्छौं । प्राकृतिक विपद्को समाना गर्ने सवालमा हामी सबैभन्दा अब्बल हुन चाहन्छौं । यसको प्रोसेसमा पनि हामी अगाडि बढिरहेका छौं । सम्भवतः निकट भविष्यमै हाम्रो यो उद्देश्य प्राप्त हुन्छ होला,’ मेयर महर्जनले भने ।

ललितपुर महानगरपालिकाको वडा नं २३ र २४ मा पर्ने बाटो निर्माणमा सरकारले चासो नदिँदा लज्जित बनाइरहेको समेत बताउँदै उनले संघीय सरकारले तत्काल त्यहाँका नागरिकहरुलाई मुआब्जा वितरण गरेर बाटो निर्माणलाई तीव्रता दिन प्रधानमन्त्री समक्ष आग्रह गरे ।

‘तर हामीलाई एउटा कुराले निकै लाज लगाइरहेको छ । त्यो भनेको धापाखेलको बाटो । वडा नं २३ र २४ को त्यो बाटो संघीय सरकारको बाटो र त्यहाँ न किला ठोक्न पाइन्छ न मर्मत गर्न पाइन्छ,’ मेयर महर्जनले भने, ‘त्यहाँ काम भइरहेको छ । दायाँबायाँका घरधनीहरू मुआब्जा पाएको खण्डमा घर छोड्न तयार छौं भनिरहेको छ । तर नेपाल सरकारले मुआब्जा दिइरहेको छैन ।’

उनले महानगरको सातदोबाटो र चापागाउँमा फ्लाइओभर र एकान्तकुनामा अन्डर पास बनाउन जरुरी रहेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?