
२ पुस, काठमाडौं । गैरकानुनी सम्पत्ति आर्जनको अभियोग लागेका काठमाडौं उपत्यका विकास प्राधिकरणका अधिकृत यामकुमार कार्कीलाई विशेष अदालतले सफाइ दिएको छ ।
अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले तीन करोड २१ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको अभियोग लागेका कार्कीलाई आरोपबाट सफाइ दिएको हो ।
तीन करोड ७७ लाख रुपैयाँ वैध आर्जन गरेका उनले ६ करोड ९८ लाख रुपैयाँ जोडेको भेटिएको भन्दै अख्तियारले उनीविरुद्ध ८ चैत २०८० मा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
विशेष अदालतले उनीसँगै पत्नी देवका अधिकारी र छोरी गृष्मा कार्कीलाई पनि सफाइ दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4