+
+

एकीकृत समाजवादीले बनायो संविधान संशोधनको सुझाव कार्यदल

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १७:४९

२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले संविधान संशोधनका लागि सात सदस्यीय सुझाव कार्यदल गठन गरेको छ । पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको नेतृत्वमा कार्यदल गठन गरिएको उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनका अनुसार कार्यदलमा गरिमा शाह, गणेश विक, बलदेब चौधरी, रामप्रसाद यादव, धनप्रसाद गौतम, राजन राई सदस्य रहनेछन् ।

त्यस्तै, पार्टीले २४ सदस्यीय सचिवालय र पाँच सदस्यीय केन्द्रीय कार्यालय पनि गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?