+
+

वामदेवजी पार्टीमा आउन सकारात्मक हुनुहुन्छ : एकीकृत समाजवादी

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १८:०६

२ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा सदस्य वामदेव गौतम पार्टीमा आउन सकारात्मक भएको बताएको छ । स्थायी कमिटी बैठकका निर्णय सुनाउँदै उपमहासचिव समेत रहेका प्रवक्ता जगन्नाथ खतिवडाले केही दलका शीर्ष नेताहरू आफ्नो पार्टीमा आउनेगरी संवाद चलिरहेको बताए ।

‘केही पार्टीमा रहेका शीर्ष नेताहरू हाम्रो पार्टीमा आउन संवाद चलिरहेको छ । कमरेड वामदेवसँग छलफल भइरहेको छ । उहाँ सकारात्मक पनि हुनुहुन्छ,’ उनले भने ।

तर, पार्टीको औपचारिक प्रक्रिया पूरा गर्नेगरी आफूहरू संवाद अघि बढाउने ठाउँमा पुगेको खतिवडाले बताए । ‘तर, पार्टीको औपचारिक प्रक्रिया पूरा गर्न हामी संवादमा अगाडि बढ्ने ठाउँमा आइपुगेका छौं,’ उनले भने ।

तर, आजको भोलि नै निर्णय भइहाल्ने अवस्थामा कुरा अघि नबढेको सचिव सोमप्रसाद पाण्डेयले अनलाइनखबरलाई बताए ।

‘पार्टीको आजको बैठकमा छलफल भएको हो । अहिले नै हार्ड एन्ड फास्ट निर्णय हुने भनिएको हैन । पार्टीमा सकारात्मक छलफल सुरु भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?