+
+

दुर्गा प्रसाईंलाई गैरकानुनी थुनामा राखिएको भन्दै अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १८:५७

२ पुस, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई गैरकानुनी रुपमा थुनामा राखेको दाबीसहित सर्वोच्च अदालतमा अर्को बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ । दुर्गा प्रसाइका छोरा निराजन प्रसाईंले आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको दाबी गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका हुन् ।

यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईंलाई कानुनसम्मत रुपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।

प्रहरी हिरासतमा रहेका प्रसाइमाथि आपराधिक विश्वासघातको आरोपमा अनुसन्धान भइरहेको छ ।

उनका छोरा निराजनले आपराधिक विश्वासघातको अनुसन्धानका क्रममा समेत आफ्ना बाबुलाई गैरकानुनी थुनामा राखिएको जिकिर गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?