+
+

उत्कृष्ट करदाताको रूपमा एनसेललाई ललितपुर महानगरको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते १९:३९

काठमाडौं । ललितपुर महानगरपालिकाले उत्कृष्ट करदाताको रूपमा एनसेललाई सम्मान गरेको छ ।

गत आर्थिक वर्षमा संस्थागत तर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा मंगलबार एनसेलललाई ललितपुर महानगरले सम्मान गरेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रूपमा महानगरको १०६औं स्थापना दिवसको अवसरमा एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मानपत्र प्रदान गरेका हुन् ।

सबैभन्दा बढी कर तिरेर ललितपुर महानगरको विकास र समृद्धिमा योगदान पुर्‍याएकोले सम्मान गरिएको ललितपुर महानगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?