+
+

भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने

रासस रासस
२०८१ पुष २ गते १९:५१

२ पुस, चितवन । राप्ती नगरपालिकामा महिला र बालबालिकाका लागि भारत सरकारले अस्पताल निर्माण गर्ने भएको छ । नगरप्रमुख शम्शेर लामा र वीरगञ्जस्थित भारतीय महावाणिज्यदूत डिएस मीनाबीच अस्पताल निर्माण गर्ने विषयमा सहमति भएको हो ।

नगरपालिकामा सोमबार आएको महावाणिज्यदूतको टोलीले प्रारम्भिक विषयमा छलफलसँगै रु २० करोडसम्मको अस्पताल निर्माण गर्ने विषयमा सहमति जनाएको नगरप्रमुख लामाले जानकारी दिए ।

अस्पताल कहाँ र कस्तो निर्माण गर्ने विषयमा नगरपालिकाले छलफल गर्ने उनले बताए । ‘अस्पताल निर्माण गर्ने विषयमा दुई पक्षबीच निर्णय भएको छ । थप प्रक्रिया हामी अगाडि बढाउँदै छौँ,’ उनले भने ।

राप्ती नगरपालिका समथर भूभाग र पहाडी क्षेत्रमा पर्दछ । यसको पहाडी भूभागमा चेपाङ समुदायको बसोबास छ । उनीहरूको लागि अस्पताल अपरिहार्य रहेको छ । अतिविपन्न भएकाले टाढा उपचारको लागि जान कठिन हुने गरेको छ ।

भेटका अवसरमा महावाणिज्यदूत मीनाले राप्ती नगरपालिकामा विकास निर्माणमा गर्नसक्ने सहयोगबारे चासो देखाउनुभएको लामाले जानकारी दिए ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?