+

पेप्सीकोलामा महिला फुटसल च्याम्पियनसीप हुँदै

२०८१ पुष  २ गते २०:०६ २०८१ पुष २ गते २०:०६
पेप्सीकोलामा महिला फुटसल च्याम्पियनसीप हुँदै

२ पुस, काठमाडौं । काठमाडौंको पेप्सीकोलामा आगामी पुस २५ गते ‘प्रथम महिला फुटसल च्याम्पियनसिप २०८१’ हुने भएको छ । नेपाली महिलाहरुलाई फुटसल खेलमा प्रोत्साहन गर्ने उद्देश्यले एलिसन स्पोट्र्स प्रा.लि. को आयोजनामा प्रतियोगिता हुन लागेको हो ।

यस प्रतियोगितामा नेपालभरका कुनै पनि स्थानमा बसोबास गर्ने महिलाहरुले आभनो फुटसल टिम बनाएर सहभागिता जनाउन सक्नेछन् । प्रतियोगितामा कम्तीमा १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ ।

खेलहरू लिग कम नकआउट आधारमा खेलाइने आयोजकले जनाएको छ । प्रतियोगिताका सम्पूर्ण खेलहरू गोलनेपाल डटकमबाट प्रत्यक्ष प्रशारण गरिनेछ ।

प्रतियोगिताको विजेता टिमले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमले २० हजार रुपैयाँ पाउनेछ । त्यसैगरी निष्पक्ष खेल प्रदर्शन गर्ने टिमलाई पनि पुरस्कारको व्यवस्था छ भने विधागत उत्कृष्ट खेलाडीलाई पनि पुरस्कर्त गरिनेछ ।

प्रतियोगितामा सहभागिता जनाउने प्रत्येक टिमले ८ जना खेलाडी, १ जना कोच र १ जना टिम मेनेजरसहित १० जनाको टोली तयार गर्नुपर्नेछ । राष्ट्रिय खेलाडी वा “ए” डिभिजनमा खेलिसकेका खेलाडीमध्ये अधिकतम २ जना खेलाडी मात्र टोलीमा समावेश गर्न सकिने व्यवस्था गरिएको छ ।

प्रतियोगिताको मुख्य उद्देश्य बढीभन्दा बढी नयाँ महिला खेलाडीलाई खेलमा सहभागी गराउनु भएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टिमहरुले ४५०० रुपैयाँ दर्ता शुल्क बुझाउनुपर्नेछ ।

महिला फुटसल च्याम्पियनसिप २०८१
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय