+
+

चार वर्षमा क्रोएसियाको नयाँ श्रम स्वीकृति २१ गुणाले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते २०:०८

२ पुस, काठमाडौं । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारीका लागि युरोपेली देश क्रोएसिया जाने संख्या ह्वात्तै बढेको छ ।

पछिल्लो चार वर्षको तथ्यांक हेर्ने हो भने क्रोएसियामा श्रम स्वीकृति लिनेको संख्या करिब २१ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा ६ सय ४५ जनाले श्रम स्वीकृति लिएका थिए ।

त्यसपछि वर्षहरूमा क्रमशः वृद्धि भइरहेको छ । २०७७/७८ मा १ हजार ८७ जनाले नयाँ श्रम स्वीकृति लिएका थिए । यस्तै २०७८/७९ मा ५ हजार २ सय ६, २०७९/८० मा ७ हजार १ सय ८६ र २०८०/८१ मा ह्वात्तै बढेर १३ हजार ३ सय ३२ नेपालीले क्रोएसियाको नयाँ श्रम स्वीकृति लिएका छन् ।

गत आव ९५ हजार ३८ जनाले नयाँ श्रम स्वीकृति लिँदा पहिलो नम्बरमा युनाइटेड अबर इमिरेट्स (यूएई) का लागि २० हजार ८ सय ५३ जना छन् भने दोस्रो नम्बरमा क्रोएसिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?