+
+

ज्याकी च्यान अभिनित ‘कराँते किड’ नयाँ श्रृंखलाको ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष २ गते २०:३१

काठमाडौं । हलिउड स्टुडियो सोनीले विश्वचर्चित मार्सल आर्ट्सको कलामा आधारित फिल्म श्रृंखला ‘कराँते किड : लिजेन्ड्स’ सार्वजनिक गरेको छ । ज्याकी च्यान स्टारर यो एक्सनप्रधान फिल्म ३० मे, २०२५ मा रिलिज हुनेछ ।

यस फिल्ममा दुई सिद्धहस्त कलाकार च्यान र राल्फ म्याचियो एकसाथ छन् । फिल्ममा म्याचियोले ड्यानिल लारुसो र च्यानल मिस्टर हानको भूमिका निर्वाह गरेका छन् । अमेरिकामा जन्मिएका चिनियाँ स्टार बेन वाङले लि फोङ नामक नयाँ विद्यार्थीको भूमिका निर्वाह गरेका छन् ।

च्यान र म्याचियोले विश्वब्यापी अडिसन आयोजना गरेपछि वाङलाई फिल्ममा कास्ट गरेका थिए । नेपालमा समेत ज्याकी च्यानका प्रशंसक धेरै छन् । २०७२ सालको भूकम्पको क्रममा राहत वितरणका लागि अभिनेता ज्यान युनिसेफमार्फत नेपालमा समेत आएका थिए ।

यस्तो छ ट्रेलर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?