+
+

अस्कर सर्टलिस्टमा ‘इमिलिया पेरेज’ सर्वाधिक ६ विधामा, ‘विक्ड’ ४ विधामा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १०:४९
‘इमिलिया पेरेज’मा सेलेना गोमेज (बायाँ) र ‘विक्ड’मा एरियाना ग्रान्डे ।

काठमाडौं । ९७ औं अस्कर अवार्डको सर्टलिस्ट मनोनयन घोषणा भएको छ । एकेडेमी अफ आर्ट्स एण्ड साइन्सेजले बुधबार बिहान १० विधामा सर्टलिस्ट मनोनयन घोषणा गरेको हो ।

यसवर्षको प्रतीक्षित फिल्म ‘इमिलिया पेरेज’ सर्वाधिक ६ विधामा सर्टलिस्ट मनोनयन भएको छ जसमा श्रृंगार, ध्वनि, ओर्जिनल स्कोर, अन्तर्राष्ट्रिय फिचर र दुई गीत (एल मल र मी क्यामिनो’ छन् ।

युनिभर्सलको सांगीतिक फिल्म ‘विक्ड’ ४ विधामा मनोनयन भएको छ । अस्करले बुधबार बिहान सर्ट फिल्म, डकुमेन्ट्री फिचर, डकुमेन्ट्री सर्ट, अन्तर्राष्ट्रिय फिचर, लाइभ एक्सन सर्ट, मेकअप र हेयर स्टाइलिङ विधाको सर्टलिस्ट घोषणा गरेको हो ।

अब सर्टलिस्टमा समावेश फिल्मबीच मतदान हुनेछ । अन्तिम मनोनयन घोषणा (उत्कृष्ट ५) जनवरी १७ मा हुनेछ । मार्च २ अस्कर अवार्ड समारोह आयोजना हुनेछ जसलाई कोनान ओ ब्रायनले संचालन गर्नेछन् ।

डकुमेन्ट्री फिचर :

१) द बीबी फाइल्स– जोल्ट फिल्म
२) ब्ल्याक बक्स डायरिज– एमटीभी डकुमेन्ट्री
३) दाहोमे –मूवी
४) डटर्स– नेट्फिल्क्स
५) इनो– फिल्म फस्र्ट को
६) फ्रिडा– अमेजन
७) हलिउड गेट– फोर्थ एक्ट फिल्म
८) नो अदर ल्याण्ड– इमर गुएटे फिल्म
९) पर्सिलेन वार– पिक्चरहाउस
१०) क्वीनडम– ग्रीनविच इन्टरटेनमेन्ट
११) द रिमार्केबल लाइफ अफ इबेलिन– नेटफ्ल्क्सि
१२) साउन्डट्रयाक टु अ दे एटेट– किनो लर्बर
१३) सुगरकेन– नेसनल जोग्राफ्रिक डकुमेन्ट्री
१४) युनिअन– लेभल ग्राउन्ड
१५) विल एन्ड हार्पर– नेटफ्ल्क्सि

अन्तर्राष्ट्रिय फिचर :

१) ब्राजिल– आइएम स्टिल हेयर
२) क्यानडा– युनिभर्सल ल्यांग्वेज
३) चेक रिपब्लिक– वेभ्स
४) डेनमार्क– द गर्ल विथ द निडल
५) फ्रान्स– इमिलिया पेरेज
६) जर्मनी– द सिड अफ द सेक्रेड फिग
७) आइसल्यान्ड– टच
८) आयरल्याण्ड– निक्याप
९) इटाली– वर्मिग्लियो
१०) लात्भिया– फ्लो
११) नर्वे– आर्मन्ड
१२) प्यालेस्टाइन– फ्रम ग्राउन्ड जिरो
१३) सेनेगल– दाहोमे
१४) थाइल्याण्ड– हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज
१५) बेलायत– सन्तोष

सर्टलिस्टअनुसार नेपालबाट सिफारिस भएको फिल्म ‘शाम्बाला’ दौडबाट बाहिरिएको छ । मीनबहादुर भाम निर्देशित उक्त नेपाली फिल्मसहित ८५ फिल्मले अन्तर्राष्ट्रिय फिचर विधामा प्रतिस्पर्धा गरेका थिए । सर्टलिस्टको सूची हेर्दा यसपटक एसियालाई धक्का लागेको छ । सर्टलिस्टमा एसियाबाट थाइल्याण्डको फिल्म ‘हाउ टु मेक मिलियन्स बिफोर ग्राण्डमा डाइज’ मात्र छनोट भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?