+
+

७०० ले घट्यो सुनको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते ११:५२

३ पुस, काठमाडौं । सुनको भाउ आज ७०० रुपैयाँले घटेको छ । मंगलबार एक लाख ५१ हजार ४०० मा कारोबार भएको सुनको भाउ आज एक लाख ५० हजार ७०० रुपैयाँ प्रतितोलामा कारोबार भएको हो ।

पुसको पहिलो दिन एक लाख ५१ हजार २०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन दोस्रो दिन मंगलबार बढेर एक लाख ५१ हजार ४०० पुगको थियो । आज फेरि ७०० रुपैयाँले घटेको हो ।

यस्तै दुई दिनदेखि स्थिर रहेको चाँदीको भाउ पनि आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला ५ रुपैयाँ घटेर १ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?