+
+

इस्लिङ्टन कलेजका ८१४ विद्यार्थी दीक्षित

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १२:३९

काठमाडौं । कमलपोखरीमा रहेको इस्लिङ्टन कलेजका ८१४ विद्यार्थी दीक्षित भएका छन् ।

दीक्षित हुनेमा स्नातक तह अन्तर्गत बीएससी (अनर्स) कम्प्युटिङ, बीएससी (अनर्स) कम्प्युटर नेटवर्किङ र आईटी सेक्युरिटी, बीएससी (अनर्स) मल्टिमिडिया टेक्नोलोजी, बीए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन, बीए ( अनर्स) इन्टरनेसनल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) डिजिटल बिजनेस म्यानेजमेन्ट, बीए (अनर्स) विज्ञापन र मार्केटिङ, बीए (अनर्स) इभेन्ट्स र टुरिजम म्यानेजमेन्टका कुल ७५० विद्यार्थी छन् ।

यस्तै स्नातकोत्तर तह अन्तर्गत एमएससी आईटी र एप्लाइड सेक्युरिटीका ६४ विद्यार्थी पनि दीक्षित भएका छन् ।

वार्षिक दीक्षान्त समारोहमा उत्कृष्ट विद्यार्थीलाई प्रतिष्ठित इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति र प्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यार्थी हाउस /लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति प्रदान गरेर सम्मान गर्ने परम्परालाई पनि निरन्तरता दिइएको छ ।

यस वर्षको अन्तर्राष्ट्रिय विद्यार्थी हाउस/लन्डन मेट्रोपोलिटियन विश्वविद्यालय छात्रवृत्ति लक्षिना बज्राचार्य र कुशल कार्कीलाई प्रदान गरिएको छ ।

यस वर्षको इनोभेट नेपाल ग्रुप पोस्टग्राजुएट छात्रवृत्ति निश्चल आचार्य र सुजल तुलाधरलाई प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?