+
+

‘छक्कापञ्जा ४’, ‘झिंगेदाउ’सहित ५ फिल्म एकसाथ ओटीटीमा

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १२:४९

काठमाडौं । नेपाली ओटीटी प्लाटफर्म सिनेमाघरले एकैसाथ पाँच नेपाली फिल्मको स्ट्रिमिङ थालेको छ । रिलिज सूचीमा ‘छक्कापञ्जा ४’, ‘झिंगेदाउ’जस्ता बक्स अफिस हिटदेखि ‘चिसो मान्छे’, ‘घनचक्कर’ र ‘माइकल अधिकारी’जस्ता सकारात्मक प्रतिक्रिया प्राप्त गरेका फिल्म छन् ।

‘हाँसो, रहस्य र भावनाले भरिएका यी फिल्महरू तपाईंले अब जुनसुकै समय, जुनसुकै ठाउँमा हेर्न सक्नुहुन्छ’ सिनेमाघर ओटीटीले विज्ञप्तिमार्फत भनेको छ ।

हेमराज बीसी निर्देशित ‘छक्कापञ्जा ४’ मा दीपकराज गिरी, बेनिशा हमाल, केदार घिमिरे, मलिना जोशी, निर्मल शर्मा, नीर शाह लगायतको अभिनय छ । राजनीतक प्रवृत्तिलार्ई यो फिल्मले व्यंग्य गरेको छ । आमा सरस्वती मुभिजको यो फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।

ज्ञानेन्द्र देउजा निर्देशित ‘झिंगेदाउ’मा केकी अधिकारी, आँचल शर्मा, मुकुन भुसाल, कुशल बिष्ट, हिउँवाला गौतमको अभिनय छ । भीमनिधि तिवारीको कृतिमाथि फिल्म आधारित छ । यो फिल्मले बक्स अफिसमा राम्रै कमाइ गर्‍यो ।

दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘चिसो मान्छे’मा अर्पण थापा, स्वस्तिमा खड्का, देशभक्त खनाल, आशान्त शर्माको शीर्ष अभिनय छ । ‘घनचक्कर’मा सौगात मल्ल र सलोन बस्नेतको मुख्य भूमिका छ । ‘माइकल अधिकारी’मा सृष्टि श्रेष्ठ र सौगात मल्लको अभिनय छ, जसले सरोगेसीमार्फत बच्चा जन्माउने कथा पेश गर्छ ।

सिनेमाघर ओटीटीलाई एन्ड्रोइड फोन, आइफोन, आइप्याड, ट्याब्लेट, एन्ड्रोइड टिभी, फायर टिभी, क्रोमकास्ट, क्रोमबुक, एलजी टिभी र सामसुङ टिभीबाट हेर्न सकिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?