+
+

स्रोत नखुलेको ६८ लाख नगदसहित काठमाडौंबाट ४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १२:५९

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको ६८ लाख रुपैयाँसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३२ बस्ने ४६ वर्षीय राजकुमार माली, काठमाडौं महानगरपालिका १० नयाँ बानेश्वर बस्ने १८ वर्षीय आवाद सिंह, झापाको विर्तामोड नगरपालिका-५ का २७ वर्षीय युवराज सुवेदी र झापाको अर्जुनधारा नगरपालिका-७ घर भई काठमाडौं बस्ने ३२ वर्षीय प्रवेशकुमार पौडेल रहेका छन् । हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

विशेष सूचनाको आधारमा प्रहरी वृत्त गौशालाको टोलीले २ पुसमा काठमाडौंको एयरपोर्ट शम्भुमार्गबाट उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उनीहरूको साथबाट नगदसहित ५ थान चेक, ५ थान मोबाइल र प्रदेश ३-०१-०२२ च १९७२ नम्बरको कार बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?