+
+

कमेडी फिल्म ‘चिट्ठा’मा भोलाराज र धीरेन

अनलाइनखबर अनलाइनखबर
२०८१ पुष ३ गते १३:०१

काठमाडौं । भोलाराज सापकोटा, धीरेन शाक्य लगायतका कलाकारले कमेडी फिल्म ‘चिट्ठा’मा अभिनय गर्ने भएका छन् । पुस दोस्रो सातादेखि छायांकन सुरु हुने फिल्मलाई आरएल लामाले निर्देशन गर्नेछन् ।

लंका फिल्म प्रालिको ब्यानरमा निर्माण हुने फिल्ममा अर्जुन गुरुङ, निमा लामा, रसिला कार्कीको पनि अभिनय हुनेछ । अर्का एक अभिनेता र अभिनेत्री छनोटको चरणमा रहेको निर्देशक लामाले बताए ।

पटकथा र संवाद निर्देशक लामाले नै लेखेका छन् । रेल्लुमाया तामाङ प्रस्तुतकर्ता रहेको फिल्ममा आर सुनाम मोक्तानको लगानी रहनेछ ।  मियम मोक्तान सहनिर्माता रहेको फिल्ममा सञ्चु थोकरको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन, निर्देशक आरएल लामाको संगीत रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?